YouTube Link

लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई एकतावद्ध बनाएर बलियो पार्टी बनाइराख्न प्रेसको भूमिका महत्वूर्ण: सशांक कोइराला

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले संविधान र लोकतन्त्रको रक्षा पत्रकारले गर्नुपर्ने बताएका छन् ।

 

आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताएका हुन् ।

 

७० वर्ष लगाएर संविधानसभाबाट ल्याएको संविधानमाथि प्रहार भइरहेकाले त्यसको रक्षाका लागि पत्रकारहरुले सचेततापूर्वक समाचार सम्प्रेषण गरेर खबरदारी गर्नुपर्ने उनको भनाई छ । तरबार भन्दा कलम बलियो हुने भन्दै कोइरालाले पत्रकारको कलम संविधान र व्यवस्था रक्षाका लागि चलाउनुपर्ने आवश्यक रहेको बताए । उनले भने ‘७० वर्ष लामो संघर्षपछि लोकतान्त्रिक संविधान जारी भएको छ । संविधानसभाबाट बनेको यो संविधानमाथि ‘कु’ गर्ने खतरा बढ्दै गएको छ । यसको रक्षाका लागि सबै पत्रकारहरुले तरबार भन्दा बलिया आफ्ना कलम चलाउनुपर्छ ।’

 

साथै नेपाली कांग्रेसलाई सच्चिन खबरदारी गर्नुपनि प्रेस युनियनसम्बद्ध पत्रकारहरुको काम भएको उनले बताए । कांग्रेसलाई पुनः जीवन दिन आवश्यक रहेको भन्दै नेता कोइरालाले पार्टी छियाछिया भएकाले शुभेच्छुक संस्थाको हैसियतले युनियनले पार्टीको नेतृत्वलाई खबरदारी गर्नुपर्ने कोइरालाको भनाई छ ।

 

लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई एकतावद्ध बनाएर बलियो पार्टी बनाइराख्न प्रेसको भूमिका महत्वूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...