YouTube Link

बागमती सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Facebook Link

 

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

राति भने देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ ।

 

भारी वर्षा र मेघ-गर्जन/चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकोछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...