नेपाल र नेदरल्यान्ड्ससँग खेल्दै, जित्ने पर्ने दवावमा नेपाल
वि.सं.२०८० असार ९ शनिवार ०५:५५
1.8K
shares
काठमाडौं: आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ । सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने दवावमा रहेको छ । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने छ ।
तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।
वि.सं.२०८० असार ९ शनिवार ०५:५५




















