YouTube Link

साफमा आज नेपाल र भारतबीच भिडन्त हुँदै

Facebook Link

 

काठमाडौं: १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज समूह चरणको आफ्नो दोश्रो खेल भारतसँग खेल्दै छ ।

 

बेङ्गलोरस्थित श्री कान्तेराव स्टेडियममा हुने खेल नेपाली समयानुसार आज राति पौने आठ बजे शुरु हुनेछ । साफ च्याम्पियनसिपको १४औं संस्करण जारी रहँदा सर्वाधिक सफल टोलीको रुपमा परिचित भारतविरुद्ध नेपाल समूह चरणमै भिड्न लागेको हो ।

 

डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । गत संस्करणको हारको बदला लिने अवसर रहे पनि नेपाललाई भारतसँगको खेल जित्न सजिलो भने छैन ।

 

दक्षिण एशियाली फुटबल क्षेत्रमा नै एकछत्र राज गर्दै आएको घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आज पहिलो जितको खोजिमा हुनेछ । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको थियो ।

 

यता पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराएको भारत भने लगातार दोश्रो जितको खोजिमा हुनेछ । नेपाल र भातरबिच यसअघि २३ खेलमा प्रतिस्पर्धा भईसकेको छ । जसमध्ये भारतले १६ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सकेको छ भने ५ खेल बराबरी खेलेको छ ।

 

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा रहेको भारत पहिलो खेलबाट ३ अंकका साथ समूहको शिर्ष स्थानमा रहँदा पहिलो खेलमा पराजित अंक विहिनी नेपाल तेश्रो स्थानमा छ ।

 

साफ च्याम्पियनसिप अन्तर्गत आज नै हुने समूह ‘ए’ को अर्को खेलमा पाकिस्तान र कुवेतबिच प्रतिस्पर्धा हुनेछ । श्री कान्तेराव स्टेडियममा हुने यी दुई टोलीबिचको खेल भने दिउँसो ३:४५ बाट शुरु हुनेछ ।

 

प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

 

नेपालले अब समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...