YouTube Link

अवैध लागुऔषध कारोबारीमा ५ विदेशीसहित १२ जना पक्राउ

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

प्रहरीले काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका वर्ष २७ का हेमन्तकुमार भगतलाई लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा परी घुँडा भन्दा तल गोली लागि उपचारको क्रममा रहेको र निजसँग सोधपुछ गर्दा भारतको बिहार राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ का रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र निजलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको २ वटा सुटकेस चेकजाँच गर्दा सुटकेस भित्र लागुऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र जर्मन नागरिकलाई पक्राउ गरिएको बताए ।

 

असार ३ गते ललितपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौधरीलाई लागुऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपाकिला १६ बाट चन्द्रागिरी नगरपालिका-८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका-२९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागुऔषध कोकिन ३ जिएम ७ सय एमजि सहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक रिपब्लिक देशका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको बताए ।

 

असार ६ गते नेपाल प्रहरीले कामनपा-१६ स्थित एक होटलबाट इटालियन नागरिक वर्ष ३४ का डेभिडमिनाडिओलाई अवैध लागुऔषध चरेस ६ ग्रामसहित पक्राउ गरी थप अनुसन्धानको सिलसिलामा कामनपा-२६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो, ७ सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको छ ।

 

त्यस्तै प्रहरीले असार ७ गते कामनपा-२६ बाट धादिङ रुबीभ्याली २ का वर्ष ४२ का दावा तामाङ र सोही स्थान वडा ४ का वर्ष ३३ का नरबहादुर तामाङलाई लागुऔषध २ ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरिएको जनाएको छ । असार ७ गते नै ३:३५ बजेको इण्डियन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हूँदै ओमानको मस्कट जान लागेका जिल्ला झापा भद्रपुर नगरपालिका ४ का वर्ष २५ का सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजाको ४ केजी ७५० ग्राम फेला पारी पक्राउ गरेको जनाएको छ । बरामद लागुऔषधको बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रहरीले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...