सावित्रा युरोपेली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित
वि.सं.२०८० जेठ ३१ बुधवार ०८:१२
1.6K
shares
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएका छन् ।
इजरायली क्लबले मंगलबार सामाजिक संजालमार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ । सावित्रा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
सावित्राले आफ्नो लामो समयदेखिको युरोपमा खेल्ने सपना पूरा हुन लागेको बताइन् । सावित्राले हालै भारतको इन्डियन वुमन्स लिग खेलेका थिए ।
सावित्रा आबद्ध गोकुलम केरेलाले उपाधि जितेको थियो । सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।
वि.सं.२०८० जेठ ३१ बुधवार ०८:१२




















