YouTube Link

नेउवा महासंघको नेतृत्वका लागि इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

Facebook Link

 

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा महासंघको नेतृत्वका लागि इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

 

वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन् ।

 

संघाईको पक्षमा वर्तमान अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारका छन् । मारवाडी समुदायको भोट संघईको पक्षमा जाने देखिन्छ ।

 

उमेशलाल श्रेष्ठको पक्षमा पूर्वअध्यक्षहरू चन्डीराज ढकाल, विनोद श्रेष्ठ, सुरज वैज्ञ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार छन् । सातै प्रदेशका अध्यक्ष पनि उमेशकै पक्षमा देखिएका छन् । इन्द्रभक्त श्रेष्ठले पनि उमेशलाई समर्थन गर्ने बुझिएको छ । उनका आफन्त एक जना उमेशकै टिमबाट उम्मेदवार बनेका छन् ।

 

भावी अध्यक्ष ढकाल भने कुनै पक्षमा खुलेका छैनन् । कसैको पनि चुनावी सभामा गएका छैनन् । अघिल्लो पटक शेखर गोल्छा भने खुलमखुला किशोर प्रधानको पक्षमा भोट माग्दै हिँडेका थिए । तर, ढकाल कसैको चुनावी सभामा नगएपनि आन्तरिक रूपमा उमेशकै पक्षलाई समर्थन गर्ने गरेको बताइन्छ ।

 

उनले सर्वसम्मत नेतृत्व छनोटका लागि तीन जना उम्मेदवारसँग छलफल गरे । तर, उनको प्रयास सफल हुन सकेन । अञ्जन श्रेष्ठको पक्षमा कुशकुमार जोशी, आनन्दराज मुल्मी, महेशलाल प्रधान छन् । भवानी राणा, प्रदीपजंग पाण्डे, सौरभ ज्योति कुनै उम्मेदवारप्रति नखुलेको बताइन्छ ।

 

एसोसिएटतर्फ १९ जनामा उमेशको १३, संघईको ११ र अञ्जनको ६ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगरतर्फ १८ जना उम्मेदवारमध्ये उमेशले १८ जना र अञ्जनले १२ जना उम्म्मेदवार उठाएका छन् । वस्तुगततर्फ पनि उमेश र अञ्जनको १४-१४ उम्मेदवारले उम्मेदवारी दिएका छन् । उमेश र अञ्जनको छुट्टाछुट्टै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरे पनि भरतराज आचार्य साझा उम्मेदवार भएका छन् ।

 

वरिष्ठ उपाध्यक्षसँगै बिहीबार ६६ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ । वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ जना र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...