YouTube Link

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

 

बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचन हुँदैछ । ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

क-कसलाई लाग्छ आचारसंहिता ?

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री

(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री

(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी

(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी

(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य

(च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी

(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी

(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी

(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन

(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति

(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि

(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति

(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता

(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक

(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी

(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी

(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी

(द) मतदाता

(ध) विकास साझेदार संस्था

(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी

(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी

(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार

(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...