YouTube Link

नेपालसहित विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लाग्यो

Facebook Link

 

काठमाडौं: आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको छ ।

 

विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

 

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी चार टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका हुन् ।

 

अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ । लिग-२ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

 

क्वालिफायर प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । नियम अनुसार सुपर लिगका पुछारका पाँच टोली, लिग-२ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।

 

सुपर लिगमा नेदरल्यान्ड्स र १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । आयोजक भारत सहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ । लिग-२ मा ७ र क्वालिफायर प्लेअफमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

 

सुपर लिगमा शीर्ष ७ मा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र अफगानिस्तान विश्वकपमा पुगेका छन् । भारतमा हुने विश्वकपमा १० टोली हुनेछन् । सिंगल राउन्ड रोविनको आधारमा सबैले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...