YouTube Link

फ्रेन्च लिग वानमा पिएसजीको नान्टेसमाथि रोमाञ्चक जित

Facebook Link

 

एजेन्सी: फ्रेन्च लिग वानमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको छ ।

 

पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र डानिलो पेरेइराले गोल गरे । एक गोल भने उपहार पाएको थियो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरे ।

 

शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा २–० ले अघि बढ्यो ।

 

खेलको ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

 

त्यसपछि अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यस गोलसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेको छ । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीलाई पछि पारेको हो ।

 

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...