YouTube Link

नेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट

Facebook Link

 

काठमाडौं: घरेलु टोली युएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ । नेपाली यू-१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

 

नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो । यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ ।

 

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो । नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए ।

 

युएईका ओपनर आर्यना सक्सेना र आर्यान्स शर्माले त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो ।

 

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए ।  देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने । उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के । विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने ।

 

मिलन बोहोरा १० रनमा रन आउट भए । हेमन्त धामी १३ रनमा क्याच आउट भए । दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो ।

 

नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ । दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए । आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए ।

 

युएईका धुव परासरले ३ विकेट लिए । आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए । अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे ।

 

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालको जित पक्का भएको हो ।

 

घातक बलिङ गरेका सुवासले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ३४ बल खर्चेर २ विकेट झारे ।

 

युएईका लागि पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले ६७ रनको साझेदारी गरेका थिए । इथान डी सोल्झाले ५० रन बनाए। ओपनर अर्यान्श शर्मा ३२ रनमा पवेलियन फर्के ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...