सुकचद्वारा आयोजित ७ दिने चलचित्र छायांकन कार्यशाला सुरु
वि.सं.२०७९ फागुन १५ सोमवार १०:१४
4.8K
shares
काठमाडौं: सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा ७ दिनले चलचित्र छायांकन कार्यशाला आईतबारबाट सुरु भएको छ ।
संघीय सुनुवार सेवा समाजको भवन कोटेश्वर बालकुमारीमा एक कार्यक्रमको आयोजना गरि कार्यशालाको उदघाट आदिवासी जनजाति चलचित्र महासंघका वर्तमान अध्यक्ष पूर्खजित राईको प्रमुख आतिथ्यमा सुरु भएको थियो ।
फागुन १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने कार्यशालाको शुभ-कामना दिँदै अध्यक्ष राईले आगामी दिनमा सुनुवार जातिको चलचित्रमा आफ्नो जातिय पहिचान र रहन सहन झल्किने खालको चलचित्र बन्नेमा आफु विश्वस्त रहेको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै किरात राई चलचित्रकर्मी संघका अध्यक्ष केशव राई ‘युप्स’ले कार्याशालाको शुभ-कामना दिँदै जातिय चलचित्र जति बन्नु पर्थ्यो त्यति बन्न नसकेको बताउँदै सुनुवारहरुको चलचित्र कमै मात्रमा बनेको र सुनुवारहरुले चलचित्र बनाउनप्रति लगाव नदेखिएको बताए । चलचित्र समाजको एना भएको बताउँदै अध्यक्ष राईले दक्ष जनशक्ति उत्पादन गरी सुनुवारहरुको पहिचान झल्किने खालको चलचित्र बनाउनमा जोड दिए ।

कार्यक्रममा सुकचका संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी जनजाति चलचित्र महासंघको दुई कार्यकाल अध्यक्ष भएर पनि सुनुवार जातिको चलचित्र बनाउन नसकिएको र जनशक्तिको अभावका कारण सुनुवार चलचित्र बनाउन नसकिएको स्वीकारे । कार्यशालको शुभ-कामना दिँदै सुनुवारले चलचित्र मनोरञ्जनको साधान नबनाऔं जातिय पहिचानको खोज अनुसन्धन गरेर चलचित्र बनाउन आग्रह गरे ।
कार्यक्रममा सुकचका उपाध्यक्ष लक्ष्मी सुनुवारले प्रशिक्षणमा सहभागी हुने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शुभ-कामना दिँदै प्रशिक्षणबाट उत्कृष्ट र दक्ष जनशक्ति सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले पाउनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा सुजु सुनुवारले स्वागत मन्तव्य दिएका थिए भने विभिन्न जातिय संघसंस्थाबाट आमन्त्रित अतिथिहरुले शुभ-कामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन निर्भिक सुनुवारले गरेका थिए ।
७ दिने कार्यशाला प्रशिक्षणमा पहिलो महिला सिनेमटोग्राफी सवनम मुखिया र ओस्कार कलेजका अनुभवी सिनेमटोग्राफी नकुल सुनुवारले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने छन् ।

वि.सं.२०७९ फागुन १५ सोमवार १०:१४




















