YouTube Link

प्रदेश १ को नामकरणको प्रस्ताव पेस गर्ने तयारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: प्रदेश १ को नामकरणको विषयले आज प्रदेशसभामा प्रवेश पाउने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा नामकरणको प्रस्ताव पेस गर्ने तयारी गरेको हो ।

 

प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्ति सिटौलाले सरकारले नामकरणको विषयलाई पहिलो प्राथमिक्तामा राखेकाले सरकारका तर्फबाट प्रदेशसभामा नामकरण लैजाने विषयमा सरकारको मूल काम भएको बताए ।

 

पहिलो कार्यकालमा प्रदेशको नामको विषयमा दलहरुबीच सहमति नहुँदा नामकरणको विषय थाँती रहेको थियो । पहिलोपटक सरकारले औपचारिक रुपमै प्रदेशसभामा नामकरणको विषयलाई प्रस्तावका रुपमा लैजान लागेको हो ।

 

केही समयदेखिको निरन्तर दलका नेताबीच भएको गोप्य छलफलपछि आज संसद्‌मा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ ।

 

स्रोतका अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव भएको छ । यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो । चुनावको मुखमा नामकरण टुंग्याउँदा दलहरुले आफ्नो भोटमा असर पर्छ भन्दै त्यसबेला नामकरणको विषयलाई प्रदेशसभामा प्रवेश गराएका थिएनन् ।

 

प्रदेशको राजधानी र नामकरण एकैपटक टुंग्याउने तत्कालीन मुख्यमन्त्री शेरधन राईको प्रयास पनि सफल भएको थिएन । अहिले दलहरु प्रदेशसभाको सुरुमै नाम टुंग्याउँदा सजिलो हुने महसुस गरेपछि यसमा सहमत भएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...