YouTube Link

माधव नेपाललाई राष्ट्रपति बन्न ओलीको प्रस्ताव

Facebook Link

 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिएका छन् ।

 

एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका छन् । ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद भएको छ ।

 

आफू निर्वाचित हुनेगरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थालेका छन् । त्यही क्रममा सोमबार दिउँसो प्रचण्ड र नेपालबीच सिंहदरबारमा लामो संवाद भएको थियो । ओलीको प्रस्तावबारे अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

 

प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग बाहिर आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ ।

 

माधव नेपालले चुनाव लगत्तै एमालेनिकट नेताहरूसँग आफूलाई एमालेले राष्ट्रपति प्रस्ताव गरिदियोस् भन्ने आशय व्यक्त गरेका थिए । त्यतिबेला ओलीले पुरस्कृत गर्न सकिँदैन भन्ने जवाफ दिएका थिए ।

 

एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी उक्त प्रस्ताव अघि बढेको हो । एकीकृत समाजवादीभित्र सांसद किसान श्रेष्ठलगायतको टोलीमात्र होइन, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्रीसहितका नेताहरू पार्टी एकताका लागि सक्रिय रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...