सरकारले दियो फागुन १ गते सार्वजनिक बिदा
वि.सं.२०७९ माघ २९ आइतवार २०:३५
1.7K
shares
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
यसअघि वागमती प्रदेशले जनयुद्ध दिवसमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो । यसैगरी यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
वि.सं.२०७९ माघ २९ आइतवार २०:३५




















