निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै उजुरी
वि.सं.२०७९ माघ २९ आइतवार १४:०९
1.6K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज सफलले उक्त पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
२०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको रास्वपाले कानूनी प्रक्रिया नपुर्याएको भन्दै उनले निर्वाचन आयोगमा खारेजी गर्न निवेदन दिएका हुन् ।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं.(२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा उल्लेख गरिएको छ ।
रास्वपाका सभापति रहेका रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलाशले गएको माघ १३ गते अवैध ठहर गरेको थियो । उनको नागकिता अवैध भएसँगै उनी सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका थिए ।
वि.सं.२०७९ माघ २९ आइतवार १४:०९




















