YouTube Link

प्रदेश र स्थानीय सरकारले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा

Facebook Link

 

काठमाडौं: माओवादीले जनयुद्ध सुरू गरेको यो फागुन १ गते २७ वर्ष पुग्दैछ भने शान्ति सम्झौतामार्फत जनयुद्धलाई विसर्जन गरेको १६ वर्ष पुग्दैछ ।

 

संविधानमा समेत जनयुद्ध शब्द राख्न नसकेको माओवादीले आफ्नो नेतृत्वका प्रदेश सरकारमार्फत यसपटकबाट जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा नै दिएको छ ।

 

फागुन १ गते जनयुद्ध दिवसका अवसरमा ३ वटा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मधेस प्रदेश सरकारले गत वर्षदेखि नै बिदा दिन सुरू गरे पनि वागमती प्रदेश सरकार र कर्णाली प्रदेश सरकारले भने यस वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

 

मधेश प्रदेश सरकारले गत वर्ष मन्त्रिपरिषद् बैठकको निर्णय गरेर फागुन १ गते मात्रै जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, गत वर्षको अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २०७८ चैत ११ गते नै राजपत्रमा सूचना प्रकाशित गर्दै यस वर्षको वार्षिक बिदामा नै राखेको छ ।

 

वार्षिक बिदाको सूचीमा नै जनयुद्ध दिवसको बिदा परेपछि यस वर्ष भने मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्रालयले सार्वजनिक सूचना जारी गर्नुपरेन ।

 

वागमती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेलगत्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ २६ गते एक सूचना जारी गरिसकेको छ ।

 

‘वागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ को बैठकले जनयुद्ध दिवसको अवसरमा २०७९ साल फागुन १ गते सोमबारका दिन वागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयमा लागू नहुने गृहमन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू नहुने गृहमन्त्रालयले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...