YouTube Link

नेपाल टेलिकमको कुल आम्दानीसँगै नाफा बढ्यो

Facebook Link

 

काठमाडौं: ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा नेपाल टेलिकमको कुल आम्दानीसँगै नाफा बढेको छ ।

 

कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१६ प्रतिशतले बढी हो ।

 

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार नाफा कमाएको थियो ।

 

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म ग्राहकबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

 

तर, कम्पनीको अन्य आम्दानी २ अर्ब ७८ करोड २० लाखबाट बढेर ४ अर्ब २ करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले कम्पनीको कुल आम्दानी २१ अर्ब ९८ करोड ९२ लाखबाट बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ ।

 

यस्तै कम्पनीको कर्मचारी खर्च ३ अर्ब ७२ करोड ३९ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ६३ लाखमा झरेको छ । यस्तै सञ्चालन तथा मर्मत खर्च ६२ रोड भन्दा माथिले घटेको छ । तर, सेवा बिक्री तथा त्यसको प्रबर्द्धन खर्च भने बढेको छ ।

 

नियामकीय शुल्क तथा नवीकरण खर्च र अन्य खर्च करिब ७ करोडले घटेको छ भने कम्पनीको फाइनान्स लागत पनि घटेको छ । जसले कम्पनीको नाफा बढेको हो ।

 

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित तथा जगेडा कोषमा ७ अर्ब ७४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको चुक्ता पूँजी ४३ रुपैयाँ ३१ पैसाबाट बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.३७ गुणा र प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...