YouTube Link

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

Facebook Link

 

काठमाडौं: संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ ।

 

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै, सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरु हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने कार्यसूची छ ।

 

त्यस्तै, सभामुख पदको लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक,२०७९ समा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...