बाचापत्र अनुसार काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन: रवि लामिछाने
वि.सं.२०७९ कात्तिक २० आइतवार १४:२१
3.4K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताएका छन् ।
जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । ‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने- ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना राजनीतिक दलहरुले चासो दिएनन् ।’
साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए । ‘म बाचा गर्दछु, उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न राजनीतिक जीवनभर नेपाली पोसाक मात्र लगाउँछु ।’
वि.सं.२०७९ कात्तिक २० आइतवार १४:२१




















