YouTube Link

पिपुल्स् हाइड्रोपावरले आइपिओ बिक्री गर्दै, आवेदन कहिलेसम्म ?

Facebook Link

 

काठमाडौं: पिपुल्स् हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा लागि निष्काकसन गरेको आइपिओ बाँडफाँट गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता सेयर समेत गरी उक्त संख्यामा आइपिओ बिक्री गर्न लागेको हो ।

 

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

 

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आउन लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

 

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिन्छ ।

 

आइपिओ निष्कासन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन सकिने व्यवस्था छ ।

 

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...