YouTube Link

नेपाल समाजवादी कांग्रेसद्वारा निर्वाचन बहिष्कारको घोषणा

Facebook Link

 

काठमाडौं: नेपाल समाजवादी कांग्रेसले दशैं, तिहार, छठ र नेपाल सम्बतको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै मङ्सिर ४ गते हुने निर्वाचन बहिष्कारको औपचारिक रूपमा घोषणा गरेको छ ।

 

पार्टी मुख्यालय बानेश्वरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा ग्रेट हिमालय विचारका महान विचारक गोबिन्द निरौलाले देश जोगाउन निर्वाचन बहिष्कार गर्न सारा मतदाता समक्ष अपील गरेका छन् ।

 

समाजवादी कांग्रेसले यस अघि स्थानीय तहको निर्वाचन समेत बहिष्कार गरेको थियो । निर्वाचन आयोगमा दर्ता भए मध्येका पार्टी मध्ये समाजवादी कांग्रेस मात्र निर्वाचन बहिष्कार अभियानमा जुटेको एक मात्र पार्टी भएको सुचना आफूहरुले पाएको आयोगका एक पदाधिकारीले बताएका छन् ।

 

विश्व शान्तिका लागि, विश्वसंवैधानिकता र  नेपालको संबन्धमा संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानिय श्वशासन, समाजवादी अर्थनीती, विशेष अधिकारसहितको राजसंस्था लगायतका मुद्दा अगाडी सारेर निरन्तर आन्दोलनमा होमिएको सो पार्टीले देश जोगाउन निर्वाचन बहिष्कारको शर्त राख्दै आएको छ ।

 

शनिबार आयोजित चियापान समारोहमा निरौलाले देश जोगाउने अभिभारा सारा नेपालीसँग भएकाले निर्वाचन बहिष्कार गर्न पर्नेमा जोड दिएका हुन् । एशियन श्वाधिनताको निम्ति ग्रेट हिमालयन बिचारको प्रतिपादन गरेका निरौलाले आफ्नो पार्टीले अघि सारेका मुद्दामा एकदिन सिंगो राज्य एकजुट हुने बताउदै जनता समक्ष मतदानमा सहभागी नहुने अपिल गरेका हुन् ।

 

देशलाई बन्धकी राखेर बिदेशी संग कुम जोड्ने दर्जन नेतालाई हराउन सो पार्टीले गोप्य रूपमा अभियान चलाएको समेत निरौलाले खुलासा गरेका छन् । अधिकतम जनतालाई मतदान कार्यमा सरिक नगराउन सो पार्टीले हरेक निर्वाचन क्षेत्रमा पार्टीको टास्कफोर्स परिचालन गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...