YouTube Link

शेखर पक्षलाई सम्मानजनक हिस्सा दिन तयार भए देउवा

Facebook Link

 

काठमाडौं: समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई सम्मानजनक हिस्सा दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताएका छन् ।

 

निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ ।

 

बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए ।

 

समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्षले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो । कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए ।

 

कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पार्टी नेतृत्वसँगै आफूहरुमाथि भएको ‘अन्याय’बारे गठबन्धनका शीर्ष नेताहरुको समेत ‘ध्यानाकर्षण’ गराएका थिए ।

 

गठबन्धनका नेताहरुको व्यवस्थापनका कारण आफूहरुको राजनीति ‘दाउ’मा पर्न गएको भन्दै इतर पक्षका नेताहरुले गठबन्धनका अरु नेतालाई पनि चुनावमा जित निश्चित छ भनेर ढुक्क नहुन चेतावनी दिएका थिए ।

 

समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नि आरजु  राणा देउवा, गृहमन्त्री तथा देउवानिकट नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार लगायतलाई प्राथमिकता दिएर राखिए पनि इतर पक्षका पुराना क्रियाशील तथा शीर्ष नेताहरुलाई पनि सूचीमा पछि पारेको भन्दै शेखर पक्षका नेताहरुले बैठकमा असन्तुष्टि जनाएका  थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...