बालेनले दिए बाबुरामलाई यस्तो जबाफ
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ११:३६
1.1K
shares
काठमाडौ : फुटपाथ ब्यापारीहको सम्बोधनका विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेनलाई उचित ब्यवस्थापन गर्न आग्रह गरेपनि काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले कडा जबाफ फर्काएका छन् ।
भट्टराईले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने मेयर साहसँग माग गरेका थिए। सामाजिक सञ्जालमा उनले व्यवस्थित नगरिए स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गरेका थिए। त्यसको जवाफ दिँदै मेयर साहले आफ्नो पालामा किन नसोचेको भन्दै उल्टै प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’
महानगरले अहिले फुटपाथ व्यवसायीलाई हटाएको छ। फुटपाथ व्यापारीले आफूहरुको रोजीरोटी खोसिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ११:३६




















