साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दै
वि.सं.२०७९ भदौ २७ सोमवार १४:२८
4.4K
shares
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
आजको खेलमा जित वा बराबरीले नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । २ गोल अन्तरको हारले पनि नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ ।
वि.सं.२०७९ भदौ २७ सोमवार १४:२८




















