YouTube Link

चिनियाँ सभामुखसहित जम्बो टोली आज नेपाल आउदै

Facebook Link

 

काठमाडौ :चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुको नेतृत्वमा सय जनाको टोली आज नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै साँझ सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नु गर्ने भएका छन् ।

भोली चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नुहुनेछ । यस्तै बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो नम्बरमा हुनुहुन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...