जबरजस्ती करणी उद्योगमा बाणिज्य संघका कोषाध्यक्ष जेल चलान
वि.सं.२०७९ भदौ २१ मंगलवार २०:४०
4.7K
shares
रामेछापः जवरजस्ती करणीको उद्योगमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन् ।
जिल्ला अदालत रामेछापले आज कठायतलाई जबरजस्ती करणीको उद्योगमा थुनछेक आदेश गर्दै जेल चलान गरेको हो ।
जिल्ला न्यायधिश इन्दिरा शर्माको इजालसले फैसलामा ठहर गरे बमोजिम सजाय हुने गरी मंगलबार थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए ।
रामेछाप ए (नाम परिवर्तन) ले आफुलाई जबरजस्ती करणीको उद्योग गरेको भन्दै प्रहरीमा जाहेरी गर्नु भएको थियो ।
कठायतलाई थुनछेकको आदेश दिनु अगाडि अदालत परिसरमा केहिबेर तनाव समेत भएको थियो । आदेशको समयमा जिल्ला अदालत रामेछापको परिसरमा महिला अभियान्ता निहारीका राजपुत सहितका महिलाहरुको उपस्थिति थियो ।
जाहेरीवालाको तर्फबाट सरकारी वकिल र कठायतका तर्फबाट अधिबक्ताहरु झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।
पिडित महिलाले यस अगाडि पनि आफ्नो श्रीमानसँगको सम्बन्ध बिच्छेदको मुद्धामा अदालतले सम्बन्ध विच्छेदको फैसला गरेपछि अदालत परिसरमा नै विष सेवन गरेका थिए । उनले यस अगाडि पत्रकार सम्मेलन गरेर न्यायका लागि आफु सास रहुञ्जेल लडिरहने बताएका थिए ।
उनीसँगै रामेछाप आईपुगेकी महिला अभियान्ता निहारिका राजपुतले पत्रकार सम्मेलनमा पिडित महिलाको पक्षमा आफु पनि न्यायका लागि डटेर लाग्ने बताएका छन् ।
वि.सं.२०७९ भदौ २१ मंगलवार २०:४०




















