YouTube Link

जबरजस्ती करणी उद्योगमा बाणिज्य संघका कोषाध्यक्ष जेल चलान

Facebook Link

 

रामेछापः जवरजस्ती करणीको उद्योगमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन् ।

 

जिल्ला अदालत रामेछापले आज कठायतलाई  जबरजस्ती करणीको उद्योगमा थुनछेक आदेश गर्दै जेल चलान गरेको हो ।

 

जिल्ला न्यायधिश इन्दिरा शर्माको इजालसले फैसलामा ठहर गरे बमोजिम सजाय हुने गरी मंगलबार थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए ।

 

रामेछाप ए (नाम परिवर्तन) ले आफुलाई जबरजस्ती करणीको उद्योग गरेको भन्दै प्रहरीमा जाहेरी गर्नु भएको थियो ।

 

कठायतलाई थुनछेकको आदेश दिनु अगाडि अदालत परिसरमा केहिबेर तनाव समेत भएको थियो । आदेशको समयमा जिल्ला अदालत रामेछापको परिसरमा महिला अभियान्ता निहारीका राजपुत सहितका महिलाहरुको उपस्थिति थियो ।

 

जाहेरीवालाको तर्फबाट सरकारी वकिल र कठायतका तर्फबाट अधिबक्ताहरु झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।

 

पिडित महिलाले यस अगाडि पनि आफ्नो श्रीमानसँगको सम्बन्ध बिच्छेदको मुद्धामा अदालतले सम्बन्ध विच्छेदको फैसला गरेपछि अदालत परिसरमा नै विष सेवन गरेका थिए । उनले यस अगाडि पत्रकार सम्मेलन गरेर न्यायका लागि आफु सास रहुञ्जेल लडिरहने बताएका थिए ।

 

उनीसँगै रामेछाप आईपुगेकी महिला अभियान्ता निहारिका राजपुतले पत्रकार सम्मेलनमा पिडित महिलाको पक्षमा आफु पनि न्यायका लागि डटेर लाग्ने बताएका छन्  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...