YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र इंग्ल्याण्डद्वारा भारत ३१ रनले पराजित

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ । आईतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको छ ।

बर्मिङघममा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो । भारतका रोहित शर्माले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रोहितले १ सय ९ बलमा १५ चौकासहित १ सय २ रन बनाए । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । योसँगै रोहित एकै विश्वकपमा तीन शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् ।

यस्तै कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । कोहलीको यो लगातार पाँच खेलमा अर्धशतक हो । कोहली लगातार पाँच खेलमा अर्धशतक बनाउने पहिलो भारतीय क्रिकेटर समेत बने । त्यस्तै हार्दिक पाण्डयाले ४५, ऋषब पन्तले ३२ रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित ४२ रन बनाए । यस्तै केदार जादब १२ रनमा अविजित रहे । भारतलाई सस्तैमा रोक्न इंग्ल्याण्डका लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाए । यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए । भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवको नाममा एक एक विकेट रह्यो ।

भारतलाई हराएसंगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको चौंथो स्थानमा छ । पहिलो हार व्यहोरेको भारत पनि सेमिफाइनल नजिक रहेको छ । भारतले ७ खेलबाट ११ अंक जोडेको छ । भारत समूहको दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...