YouTube Link

आज राष्ट्रिय धान दिवस, किसानहरुले खेतमा रोपाई गरि दही चिउरा खाएर मनाईदै

Facebook Link

काठमाडौं: मुठी खाएर मुरी उब्जाउने दिन महिनाको मध्य अर्थात् असार १५ गतेका दिन हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा मनाउने गरिएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा विक्रम सम्वत २०६१ साल देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत हाराहरि अर्थात् १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ३३ प्रतिशत हाराहारीमा धानको योगदान छ । नेपालमा वार्षिक धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ भने औषतमा झण्डै ५० लाख मेट्रिकटन धान उत्पादन हुन्छ । तर नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । यसको अर्थ कृषि प्रधान भनिएपनि नेपालमा अहिलेपनि धान आयात हुने गरेको छ ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा गरि लगभग ६३ जातका धान खेती गरिन्छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धान को खेती हुँदै आएको छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ जुम्लामा पर्छ । खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेपनि खेति लगाउने समयमा वर्षेनी किसानलाई मलको समस्या हुने गर्छ ।

युवा जनशक्ति विदेश पलायन, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु, सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण जस्ता समस्याले धान दिवसको वास्तविक महत्व भने स्थापित हुन सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...