Texas College
YouTube Link

काठमाडौं उपत्यकामा डेँगुका बिरामी बढ्दै

Facebook Link

 

काठमाडौं: केही समययता नेपालभर डेँगु संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा पनि बिरामीको चाप उत्तिकै बढेको छ ।

 

टेकुस्थित शुक्रराज ट्रपि‌कल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा बढी डेँगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् । दुई दिनयता दैनिक १५० भन्दा बढी डेँगुको लक्षणसहित बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

 

अस्पताल पुग्नेमध्ये ९० प्रतिशतलाई डेँगु पुष्टि हुने गरेको अस्तपतालले जनाएको छ । ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएका डेँगु पुष्टि भएका बिरामीलाई घरमै आराम गर्न अस्पतालले सुझाएको छ ।

 

डेँगुका बिरामी बढे पनि प्रेसर कम भएका, खाना नरुच्ने, बान्ता धेरै हुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको छ ।

 

त्रिवि शिक्षण अस्पतालमा पनि ज्वरो आएर अस्पतालमा डेँगु परीक्षण गराउनेको संख्या बढेको छ । अस्पतालमा उच्च ज्वरो आएर परीक्षण गर्न आउनेको संख्या एकिन नगरिए पनि डेँगुका कारण अहिले दिनमा १० देखि १५ जनासम्मलाई अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

 

यस्तै, वीर अस्पतालमा मात्रै दैनिक डेँगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।

 

यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा डेँगु संक्रमित भएको पुष्टि भएको छ । ललितपुरमा ८ सय ५८ जना, रुपन्देहीमा ३ सय ६३ जना, काठमाडौँमा ३ सय ३२ जना, धादिङमा ७३ जना, तेह्रथुममा ६५ जना, सिन्धुलीमा ६१ जना, भक्तपुरमा ५४ जना, संखुवासभामा ५१ जना, अर्घाखाँचीमा ५० जना र गुल्मीमा ४९ जना संक्रमित छन् ।

 

नेपालमा अझै तीन महिना डेँगुका बिरामी बढ्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनसँगै डेँगु तराईबाट पहाड हुँदै हिमाली भेगमा पनि देखिन थालेको छ ।

 

मधेसमा बढी देखिने डेँगु २०१८ पछि पोखरा, काठमाडौँजस्ता पहाडी शहरमा पनि देखा परेको थियो । सन् २०१९ मा नेपालमा डेँगुको प्रकोप देखिएको थियो ।

 

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २५ सय भन्दा धेरैमा जनामा डेँगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका ६ महिनाको अवधिमा ४ सय डेँगुका संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष ५३० जनामा डेँगु पुष्टि भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...