YouTube Link

काठमाडौं उपत्यकामा डेँगुका बिरामी बढ्दै

Facebook Link

 

काठमाडौं: केही समययता नेपालभर डेँगु संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा पनि बिरामीको चाप उत्तिकै बढेको छ ।

 

टेकुस्थित शुक्रराज ट्रपि‌कल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा बढी डेँगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् । दुई दिनयता दैनिक १५० भन्दा बढी डेँगुको लक्षणसहित बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

 

अस्पताल पुग्नेमध्ये ९० प्रतिशतलाई डेँगु पुष्टि हुने गरेको अस्तपतालले जनाएको छ । ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएका डेँगु पुष्टि भएका बिरामीलाई घरमै आराम गर्न अस्पतालले सुझाएको छ ।

 

डेँगुका बिरामी बढे पनि प्रेसर कम भएका, खाना नरुच्ने, बान्ता धेरै हुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको छ ।

 

त्रिवि शिक्षण अस्पतालमा पनि ज्वरो आएर अस्पतालमा डेँगु परीक्षण गराउनेको संख्या बढेको छ । अस्पतालमा उच्च ज्वरो आएर परीक्षण गर्न आउनेको संख्या एकिन नगरिए पनि डेँगुका कारण अहिले दिनमा १० देखि १५ जनासम्मलाई अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

 

यस्तै, वीर अस्पतालमा मात्रै दैनिक डेँगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।

 

यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा डेँगु संक्रमित भएको पुष्टि भएको छ । ललितपुरमा ८ सय ५८ जना, रुपन्देहीमा ३ सय ६३ जना, काठमाडौँमा ३ सय ३२ जना, धादिङमा ७३ जना, तेह्रथुममा ६५ जना, सिन्धुलीमा ६१ जना, भक्तपुरमा ५४ जना, संखुवासभामा ५१ जना, अर्घाखाँचीमा ५० जना र गुल्मीमा ४९ जना संक्रमित छन् ।

 

नेपालमा अझै तीन महिना डेँगुका बिरामी बढ्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनसँगै डेँगु तराईबाट पहाड हुँदै हिमाली भेगमा पनि देखिन थालेको छ ।

 

मधेसमा बढी देखिने डेँगु २०१८ पछि पोखरा, काठमाडौँजस्ता पहाडी शहरमा पनि देखा परेको थियो । सन् २०१९ मा नेपालमा डेँगुको प्रकोप देखिएको थियो ।

 

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २५ सय भन्दा धेरैमा जनामा डेँगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका ६ महिनाको अवधिमा ४ सय डेँगुका संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष ५३० जनामा डेँगु पुष्टि भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...