उपचारका क्रममा अस्पतालबाट फरार कैदी लुभुमा पक्राउ
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:५१
4.9K
shares
काठमाडौं: उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।
बुधबार उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
कारागार प्रशासनका अनुसार बुढाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनीले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।
उनको आँखामा समस्या देखिएपछि नेपाल आँखा अस्पताल, तिलगंगामा लामो समयसम्म उपचार भएको थियो ।
पछिल्लो समय उनी त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच गराइरहेका थिए । त्यही क्रममा अस्पतालबाट उनी हत्कडीसहित भागेका थिए ।
कारागारका कैदी कसरी भागे भन्ने विषयलाई लिएर छानविन गर्न प्रहरीले ललितपुरका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानविन समिति पनि बनाएको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:५१



















