कुमारी बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र बिक्री गर्दै
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:३१
4K
shares
काठमाडौं: कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यका तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यो ऋणपत्र छिटोमा भदौ २१ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पुर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी आईआर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:३१




















