YouTube Link

राष्ट्रिय बीमा संस्थानले कमायो ७ करोड भन्दामाथि खुद नाफा

Facebook Link

 

काठमाडौं: राष्ट्रिय बीमा संस्थानको नाफा साढे २७ प्रतिशत बढेको छ । संस्थानको गत आर्थिक वर्षको अन्त्यसम्म ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

 

संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्यो । बीमाशुल्क ११ प्रतिशत बढेको छ । अघिल्लो असार मसान्तसम्म संस्थानले ७ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

यस्तै, सस्थानले बीमालेख धितोमा राखेर कर्जा उपलब्ध गराए बापत १५ करोड ३३ लाख रुपैयाँ कमाएको छ । सो अवधिमा २ अर्ब २६ करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा दिएको हो ।

 

संस्थानले लगानी कर्जा तथा अन्य स्रोतबाट २ अर्ब ९३ करोड रुपैयाँ कमायो । सो अवधिमा संस्थानको १२ अर्ब ६४ करोड रुपैयाँ दिर्घकालिन लगानी छ ।

 

आम्दानीसँगै खर्च पनि बढेका छन् । संस्थानले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको दाबो वापत भुक्तानी दिएको छ । २३ प्रतिशतले दाबी भुक्तानी बढेको देखिन्छ । अघिल्लो असारसम्म ३ अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।

 

सोहि अवधिमा संस्थानले १८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिसन बापत दिएको छ । यस्तै, व्यवस्थापनका लागि १९ करोड रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ ।

 

यस्तै, संस्थानले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दाबी बापत अझै भुक्तानी दिएको छैन ।

 

गत आर्थिक वर्षको अन्त्यसम्म संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ४१ करोड ३८ लाख रुपैयाँ संचित छ । त्यस्तै, संस्थानको जिवान बीमा कोषको आकार ३७ अर्ब ४१ करोड रुपैयाँ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...