Texas College
YouTube Link

नेपालमा कोरोना संक्रमण दर बढ्दै, सतर्कता रहन विज्ञको आग्रह

Facebook Link

 

काठमाडौं: नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर गत साता परीक्षणको आधारमा १ प्रतिशतभन्दा कम रहेको थियो ।

 

तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो ।

 

यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन् ।

 

सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन थालिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार असार १२ देखि असार १८ गतेसम्म ७ दिनमा ३२५ जना सङ्क्रमित थपिएका छन् भने यही अवधिमा १२४ जना सङ्क्रमणमुक्त भएका छन् ।

 

शनिबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ३१४ पुगेको छ । यो अवधिमा कोरोना सङ्क्रमितको भने मृत्यु भएको छैन ।

 

मन्त्रालयले तथ्यांक अनुसार असार १५ गते सर्वाधिक ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो दिन सङ्क्रमण दर ३.८२ प्रतिशत पुगेको थियो । त्यस्तै १६ गते ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमण दर २.०३ प्रतिशत रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...