YouTube Link

यस्तो छ मन्त्री आलेको पार्ट टु भर्सन

Facebook Link

 

काठमाडौं: पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर अपशब्द बोल्दै हातपात गरेका छन् ।

 

फोहोरी गाली गर्दै मन्त्री आलेले कुटपिट गरेका हुन । उनले गरेका कुराकानीको अडियोअनुसार मन्त्री आलेले सुन्नै नसकिने अपशब्द पनि प्रयोग गरेका छन् । अडियोमा प्रस्टै सुन्न सकिन्छ ।

 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो संख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन निर्देशन दिएका थिए ।

 

मन्त्रीको निर्देशनअनुसार अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामा रहेको थियो । यसलाई मन्त्री आलेको पार्ट टु भर्सनका रुपमा बजारमा हल्ला भईरहेको छ ।

यस्तो छ मन्त्री आलेको रेकर्डेड आवाज:

पहिलो धम्की : फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे।

अधिकारी : हेलो। आले : हेलो।

अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार।

आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न।

अधिकारी : किन नि ! के गरिनँ र ?

आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म ।

अधिकारी : होइन, उ… माग्नुपर्‍यो नि त्यो तलबाट।

आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन।

अधिकारी : … यति–यति चाहियो भनेर।

आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।

कार्यकक्षमै

अधिकारी स् मन्त्रीज्यू, नमस्कार। आले स् मोबाइल स्विच अफ गर तेरो पहिला। स्विच अफ गर । (खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।) आले स् चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस तैंले ? के गर्छस ? ।।। (अति अश्लील शब्द)। (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ)

अस्पष्ट आवाज ः मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। तेस्रो व्यक्तिको आवाज सुनिन्छ । मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्। आले : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)। अधिकारी : मिलाउँछु भनिसकेँ त। आले : तैंले के गर्छस ? अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। आले : कति चोटि भन्ने : कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...