प्रधानमन्त्री भेट्न लोसपाका नेता बालुवाटारमा
वि.सं.२०७९ जेठ ३० सोमवार ११:१७
1.4K
shares
काठमाडौं : प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।
उनीहमरु प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको एक नेताले पुष्टि गरेका छन् ।
तर, उनले प्रधानमन्त्री देउवा भेट्न गएका शीर्ष नेताहरुको नाम र छलफलको विषयमा भने खुलाएनन् । ‘प्रधानमन्त्रीले हाम्रो पार्टीका शीर्ष नेताहरुलाई बोलाउनु भएको हो,’ ती नेताले भने, ‘शीर्ष नेताहरु बिहान ९ बजे जानु भएको छ ।’
वि.सं.२०७९ जेठ ३० सोमवार ११:१७




















