YouTube Link

मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीको सञ्चालक समिति सदस्यले थप एक कार्यकाल पाउने

Facebook Link

 

काठमाडौं: मर्जर प्रक्रियामा रहेका बीमकको सञ्चालक समिति सदस्यले थप एक कार्यकाल सञ्चालक समितिमा रहन पाउने भएका छन् ।

 

बीमा समितिले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा तेश्रो संशोधन जारी गर्दै दुई कार्यकाल पुरा भएका सञ्चालक समिति सदस्य वा अध्यक्ष समेतले थप एक कार्यकाल सञ्चालक समिति सदस्य वा अध्यक्ष रहन पाउने व्यवस्था गरेको हो ।

 

समितिले जेठ १० गते निर्देशिका संशोधन गरेको हो ।

 

मर्जर प्रक्रियाको लागि सैद्धान्तिक सहमति लिई सकेका बीमकको सञ्चालक समितिले बीमा समितिको पूर्व स्वीकृति लिई थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त हुन सक्नेछन् ।

 

यसअघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक वा अध्यक्ष भई सकेको व्यक्तिको हकमा निज पुनः सञ्चालकवा अध्यक्षमा नियुक्त हुन वा मनोनित हुन नसक्ने प्रावधान रहेको थियो ।

 

संशोधित प्रावधान अनुसार, बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत सञ्चालक वा अध्यक्ष थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...