युवती बलात्कार गरेको आरोपमा वेटर पक्राउ
वि.सं.२०७९ जेठ २५ बुधवार १०:४३
1.4K
shares
काठमाडौ । रेष्टुरेन्टमा काम गर्ने अर्का वेटर युवतीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरलिे पक्राउ गरेको छ । कमलादीस्थित हात्तीसारमा रेहेको नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको आरोपमा सोही रेष्टुरेन्टमा काम गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखा तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री छन्। पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जनाकारी दिए।
रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी युवती बलात्कार भएको सूचना प्रहरीले गत सोमबार राति साढे ११ बजे पाएको थियो। त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो।
खत्रीलाई जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ जेठ २५ बुधवार १०:४३



















