YouTube Link

सुहागरातको रात नै बेहुलाको लाखौं कुम्ल्याएर बेहुली भागेपछि…

Facebook Link

 

एजेन्सी : घरमा नयाँ बेहुली भित्र्याएपछि पहिलो दिनलाई शिेष रुपमा लिईन्छ । विबाह एउटा प्रकृया हो । यही प्रकृयाको शुरुको दिन बेहुली भएभरको झिटीझाम्टा लिएर भागेपछि के होला ?
हो यस्तै भएको छ भारतको बिहारमा ।

 

विवाह गरेको २४ घण्टा नहुँदै नवदुलही श्रीमान र ससुरालाई छक्याएर घरबाट भागेपछि बेहुलापक्ष ईन्तु न चिन्तु भएका छन् । मोतिहारीको हरनाथपुरस्थित परसौनी गाउँका युवक आनन्दकुमारलाई उल्लू बनाएर मुन्नीकुमारी आफ्ना भिनाजु र भाइसँग बेपत्ता भएको स्थानीयले जनाएका छन् ।

 

बेहुला आनन्दकुमारले ससुरालीबाट दाइजो पाएको मोटरसाइकलमा चढेर उनी भिनाजुसँग घरबाट हिँडेकी हुन् । सुहागरात अर्थात विवाहको पहिलो रातमा रम्नुअघि नै दुलही मुन्नीकुमारी चार लाखको गरगहना र भारु एक लाख ५० हजार नगद बोकेर हिँडेकी प्रहरीमा उजुरी परेको छ ।

 

पीडित दुलाहाले नवविवाहित मुन्नीलाई भिनाजु र भाइसहित धनमाल लिएर भागेको आरोपमा पाकिदयालको धनौजी प्रहरी चौकीमा उजुरी गरेका छन् ।

 

आनन्दकुमार हरनाथ गाउँका जोगी साहका छोरा हुन् । उनको विवाह ढाका क्षेत्र पर्साका रामनाथ साहकी छोरी मुन्नीकुमारीसँग हिन्दू परम्पराअनुसार भएको हो ।

 

नयाँ दुलही घरमा भित्रिएपछि बेहुलापक्षले तामझामसहित न्यानो स्वागतको कार्यक्रम गरिरहेको थियो । दुलहीको आगमनसँगै आनन्दकुमारको घरमा उत्सव चलिरहेका बेला ती युवती एकाएक हराएपछि बेहुलाको घरको माहोल सुनसान भएको हो ।

 

स्थानीयवासीले दुलहीसहित भिनाजु र भाइको खोजी गरेपनि कतै नभेटेको बताइन्छ । उनले चार लाख भारुको गरगहना, डेढ लाख नगद र दुलाहाले दाइजोमा पाएको नयाँ मोटरसाइकल समेत लगेपछि घरगाउँले र नातेदारहरुको अगाडि दुलाहाको परिवार नाजवाफ भएको बताइन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...