YouTube Link

क्यानद्वारा नेपाल टी-२० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक

Facebook Link

 

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आगामी असोज-कात्तिकमा आयोजना गर्ने पहिलो संस्करणको नेपाल टी-२० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको छ ।

 

क्यानको बोर्ड बैठकले नेपालको सात प्रदेश मध्ये कर्णाली बाहेक ६ प्रदेशका ६ टिमको नाम बुधबार सार्वजनिक गरेको हो ।

 

क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम रहेको छ ।

 

क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गरी असोज ८ देखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग हुने जानकारी गराएको थियो ।

 

लिगका सबै खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

 

‘नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरुले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो,’ वक्तव्यमा भनिएको छ ।

 

क्यानले आफ्नै लिग घोषणा गरेपछि नेपालकै चर्चित लिगको रुपमा चार संस्करण आयोजना भएको एभरेष्ट प्रिमियर लिग ईपीएल आयोजक र त्यसका फ्रेन्चाइजले पत्रकार सम्मेलन गरेर क्यानले इपीएल आयोजना गर्न नदिए क्यानकै कार्यक्रम बहिरस्कार गर्ने घोषणा समेत गरेको थियो ।

 

तर क्यानले भने आफ्नै लिग गर्ने भएपछि अरु लिगलाई मान्यता नदिने बताइसकेको छ । क्यानले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्ससियल एण्ड स्ट्राटेजिक पार्टनरको रुपमा ८ वर्षका लागि सम्झौता गरिसकेको छ । जस वापत सेभेन थ्री स्पोर्ट्सले वार्षिक ४ करोडभन्दा बढी रकम क्यानलाई दिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...