YouTube Link

स्थानीय तह निर्वाचन: ९ स्थानीय तहको मतपरिणाम आउन बाँकी

Facebook Link

 

काठमाडौं: स्थानीय तह निर्वाचन-०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

 

७५३ स्थानीय तहमध्ये ७४४ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

 

अब ९ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । प्रदेश १ मा उदयपुरका २ स्थानीय तहमा मतगणना जारी छ ।

 

त्रियुगा र कटारी नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

 

मधेश प्रदेशमा पनि २ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

 

बागमती प्रदेशमा काठमाडौं महानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । गण्डकी प्रदेशमा पनि सबै तहको अन्तिम मतपरिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ ।

 

त्यस्तै, लुम्बिनी प्रदेशका ३ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । दाङको तुल्सीपुर उपमहानगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

 

कर्णाली प्रदेशका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । सुदूरपश्चिम प्रदेशमा बाजुराको बूढीगंगा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । बूढीगंगामा विवाद भएपछि मतगणना सुरु हुन सकेको छैन ।

 

यही हुन मतपरिणाम आउन बाँकी ९ स्थानीय तहः

१. त्रियुगा नगरपालिका, उदयपुर

२. कटारी नगरपालिका, उदयपुर

३. गरुडा नगरपालिका, रौतहट

४. फतुवा विजयपुर नगरपालिका, रौतहट

५. काठमाडौं महानगरपालिका, काठमाडौं

६. तुल्सीपुर उपमहानगरपालिका, दाङ

७. महाराजगन्ज नगरपालिका, कपिलवस्तु

८. तिलोत्तमा नगरपालिका, रुपन्देही

९. बूढीगंगा नगरपालिका, बाजुरा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...