स्थानीय तह निर्वाचन: ९ स्थानीय तहको मतपरिणाम आउन बाँकी
वि.सं.२०७९ जेठ ११ बुधवार १५:११
3K
shares
काठमाडौं: स्थानीय तह निर्वाचन-०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
७५३ स्थानीय तहमध्ये ७४४ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
अब ९ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । प्रदेश १ मा उदयपुरका २ स्थानीय तहमा मतगणना जारी छ ।
त्रियुगा र कटारी नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
मधेश प्रदेशमा पनि २ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।
बागमती प्रदेशमा काठमाडौं महानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । गण्डकी प्रदेशमा पनि सबै तहको अन्तिम मतपरिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका ३ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । दाङको तुल्सीपुर उपमहानगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।
कर्णाली प्रदेशका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । सुदूरपश्चिम प्रदेशमा बाजुराको बूढीगंगा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । बूढीगंगामा विवाद भएपछि मतगणना सुरु हुन सकेको छैन ।
यही हुन मतपरिणाम आउन बाँकी ९ स्थानीय तहः
१. त्रियुगा नगरपालिका, उदयपुर
२. कटारी नगरपालिका, उदयपुर
३. गरुडा नगरपालिका, रौतहट
४. फतुवा विजयपुर नगरपालिका, रौतहट
५. काठमाडौं महानगरपालिका, काठमाडौं
६. तुल्सीपुर उपमहानगरपालिका, दाङ
७. महाराजगन्ज नगरपालिका, कपिलवस्तु
८. तिलोत्तमा नगरपालिका, रुपन्देही
९. बूढीगंगा नगरपालिका, बाजुरा
वि.सं.२०७९ जेठ ११ बुधवार १५:११




















