आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट
वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३
1.6K
shares
काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रुष्ट भएका छन् ।
सरकारले नयाँ आईजीपीमा धिरप्रताप सिंहलाई नियुक्त गरेको छ । यसपछि रुष्ट भएका दुई एआईजी सर्बोच्च अदालत जाने तरखरमा लागेका छन् ।
यसरी अदालतको ढोका ढकढक्याउन जान लागेका एआईजीहरु हुन सहकुल थापा र विश्वप्रकाश पोखरेल । पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए ।
आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताएका छन् । एक एआईजीले भने, ‘सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौं । अदालत खुलेको दिन रिट दायर गर्छौ ।’
वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३




















