YouTube Link

बोक्सी लागेको भन्दै महिलाको क्रुरतापूर्वक हत्या

Facebook Link

 

काठमाडौं: नेपालमा अझै पनि कुरीति र कुसंस्कार अझै हटेको छैन भन्ने कुरा हिजोको घटनाले छरप्रस्ट पारेको छ ।

 

यसभन्दा अघि पनि यस्ता घटना नभएका होईनन् । देशको दूरदराजमा मात्र नभई केही समयअघि नेपालको मुटु काठमाडौमा बोक्सी लागेको भन्दै एक माताले किशोरीको ज्यान लिएकी थिईन ।

 

हिजो मात्रै फेरी अर्को घटना घटेको छ कन्चनपुरमा । धामीझाक्रीको भर पर्दा कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदले अकालमा ज्यान गुमाउनुपर्यो ।

 

धामी झाक्रीले बोक्सी लागेको भन्दै फलामको रड तताएर रञ्जनालाई डाम्दा डाम्दै उनको प्राणपखेरु उड्यो । ती झाक्रीले तीनदिन अघि मृत्यु भईसकेको रञ्जनालाई अझै ठिक पार्छु भन्दै झारफुक गरिरहेको अवस्थामा आफन्तले थाहा पाएका थिए ।

 

अहिले सोही घटनालाई लिएर प्रहरी अनुसन्धान गरिरहेको छ ।

 

घटना शंकास्पद देखिएकाले भीमदत्त नगरपालिकाका दुई धामीसहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा धामीद्वय भीमदत्त–७ का ६० वर्षीय धर्मानन्द भट्ट, वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउदलगायत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरीले बताए ।

 

‘हामी घटनाको अनुसन्धानमै छौं । पोष्टमार्टमको रिपोर्ट र हाम्रो प्रारम्भिक अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्छ’, जिल्ला प्रहरी प्रमुख चौधरीले भने ।

 

यसरी अन्धविश्वसको पराकाष्टाले डाडै काटे पनि अझै अर्धचेत अवस्थामा धामी झाक्रीकै भरमा पर्नु तपाई हाम्रो पनि मुर्खता हो । अब त सचेत बन्ने कि  ?

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...