YouTube Link

बोक्सी लागेको भन्दै महिलाको क्रुरतापूर्वक हत्या

Facebook Link

 

काठमाडौं: नेपालमा अझै पनि कुरीति र कुसंस्कार अझै हटेको छैन भन्ने कुरा हिजोको घटनाले छरप्रस्ट पारेको छ ।

 

यसभन्दा अघि पनि यस्ता घटना नभएका होईनन् । देशको दूरदराजमा मात्र नभई केही समयअघि नेपालको मुटु काठमाडौमा बोक्सी लागेको भन्दै एक माताले किशोरीको ज्यान लिएकी थिईन ।

 

हिजो मात्रै फेरी अर्को घटना घटेको छ कन्चनपुरमा । धामीझाक्रीको भर पर्दा कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदले अकालमा ज्यान गुमाउनुपर्यो ।

 

धामी झाक्रीले बोक्सी लागेको भन्दै फलामको रड तताएर रञ्जनालाई डाम्दा डाम्दै उनको प्राणपखेरु उड्यो । ती झाक्रीले तीनदिन अघि मृत्यु भईसकेको रञ्जनालाई अझै ठिक पार्छु भन्दै झारफुक गरिरहेको अवस्थामा आफन्तले थाहा पाएका थिए ।

 

अहिले सोही घटनालाई लिएर प्रहरी अनुसन्धान गरिरहेको छ ।

 

घटना शंकास्पद देखिएकाले भीमदत्त नगरपालिकाका दुई धामीसहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा धामीद्वय भीमदत्त–७ का ६० वर्षीय धर्मानन्द भट्ट, वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउदलगायत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरीले बताए ।

 

‘हामी घटनाको अनुसन्धानमै छौं । पोष्टमार्टमको रिपोर्ट र हाम्रो प्रारम्भिक अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्छ’, जिल्ला प्रहरी प्रमुख चौधरीले भने ।

 

यसरी अन्धविश्वसको पराकाष्टाले डाडै काटे पनि अझै अर्धचेत अवस्थामा धामी झाक्रीकै भरमा पर्नु तपाई हाम्रो पनि मुर्खता हो । अब त सचेत बन्ने कि  ?

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...