YouTube Link

चुनावी गठबन्धन एमालेसँग हुन्छः कमल थापा

Facebook Link

रामेछापः राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुने बताएका छन् ।

राप्रपा नेपाल जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष  थापाले उक्त कुरा बताएका हुन् ।

निर्वाचन केन्द्रित गठबन्धनको विषयलाई लिएर एमालेसँग छलफल शुरु भइसकेको बताउँदै अध्यक्ष थापाले केहि स्थानमा स्थानीय आवश्यकताका आधारमा पनि गठबन्धन हुन सक्ने बताए ।

राजसंस्थाको विषयमा आफुले १५ बर्ष सम्म वकालत गरेर गल्ती गरेको बताउँदै थापाले पूर्व राजाकै असहयोगका कारण आफ्नो पार्टीले अहिले राजसंस्थाको मुद्धा छाडिदिएको बताए ।

अहिले जनता र राजाको दुरी बढेको बताउँदै अध्यक्ष थापाले निर्मल निवासले राप्रपाको आन्तरिक मामलामा हस्तक्षेप गर्नु गल्ती भएको दावी गरे  ।

आफुले राजसंस्थाका बारेमा वकालत गरेर हिड्दा पनि राजाले असहयोग गरेको आरोप लगाउँदै अध्यक्ष थापाले अहिले जनताको मनबाट राजसंस्था हटेको बताए ।

अध्यक्ष थापाले  अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपालले आफ्नो तर्फबाट आफ्ना गुनासो सुनाउने मात्र काम गरेको बताए ।

राप्रपा नेपालका रामेछाप अध्यक्ष रामचन्द्र कडेंलको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...