Rajshow Bivag

स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिने

Departmant of helth services

 

काठमाडौं: स्थानीय तह निर्वाचनका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् ।

 

२३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ ।

 

सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए ।

 

यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।

 

मतपत्र छाप्नका लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ । सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताए ।

 

मतपत्र छाप्नका लागि सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ । नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन् ।

 

मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत सुरक्षार्थ खटिएका छन् ।

 

मतपत्र छपाईको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सीसीक्यामेराको समेत व्यवस्था गरिएको छ । मतपत्र छपाईको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ ।

 

स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कुल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलको भनाइ छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४५

  काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१...

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:३४

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४२

  काठमाडौं: वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन...

एसीसी प्रिमियर कप: आज नेपाल र हङकङ भिड्दै

एसीसी प्रिमियर कप: आज नेपाल र हङकङ भिड्दै

वि.सं.२०८१ वैशाख ३ सोमवार ०७:३३

  काठमाडौं: एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ ।...