YouTube Link

नेपाल बन्यो त्रिकोणात्मक टि-२० च्याम्पियन

World Cup 2026
Facebook Link

 

काठमाडौं: त्रिकोणात्मक टि-२० आई सिरिजकमा नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै च्याम्पियन बनेको छ ।

 

नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा ११८ रनमा अल आउट भयो ।

 

पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए ।

 

पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाए ।

 

दीपेन्द्रको बलमै चाल्र्स अमिनी ठूलो सट खेल्दै लङअनम सोमपाल कामीबाट १५ रनमा क्याच गराएपछि पीएनजी दबाबमा परेको थियो । राइली हेकुरे ६ रनमा क्याच भए ।

 

कप्तान सन्दीपले १३औं ओभरमा दुई विकेट लिँदै नेपालको जित सहज बनाए । तेस्रो बलमा हेकुरेलाई सोमपाल कामीबाट म्याच गराए । लगत्तै अर्को बलमा पीएनजीका प्रमुख हिटर नोर्मन भानुआलाई फस्ट स्लिपमा आरिफ शेखबााट गोल्डेन डक आउट गरेपछि जित नजिक पुगेको थियो ।

 

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र करण केसीले १-१ विकेट लिए ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

 

नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।

 

दीपेन्द्र नेपालबाट टि२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।

 

यसअघि पीएनजीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

 

कुशल भुर्तेल तीव्र गतिका बलर काबुआ मोरेआको बलमा स्क्वायर लेगमा लेगा सियाकाबाट २५ रनमा क्याच भए । रोहित पौडेल छैटौं ओभरको पाँचौं बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा स्क्वायर लेगमा राइली हेकुरेबाट २ रनमा क्याच आउट भए ।

 

नेपालले १२औं ओभरमा तीन विकेट गुमाएपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । १२औं ओभरमा बायाँ हाते तीव्र गतिका बलर सेमो कमियाले तीन विकेट लिएपछि नेपाल संकटमा परेको थियो । पहिलो बलमा आसिफ शेख २९ रनमा क्याच भए । उनले २९ बलमा १ छक्का प्रहार गरे ।

 

तेस्रो बलमा आरिफ शेख पनि शून्यमा । विकेट किपर दीलिप नाथ पनि शून्यमा बोल्ड भए । आदिल अन्सारी १३ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । करण र दीपेन्द्रले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।

 

पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।

 

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भन पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...