राप्रपा राणाले पाँच दललाई देखाईदिने भनेपछि ओली फुरुङ्ग
वि.सं.२०७८ चैत १८ शुक्रवार १२:००
3K
shares
काठमाडौं: पाँच दलीय गठबन्धनलाई देखाईदिने भन्दै राष्ट्रिय प्रजातन्त्र नेपालका महामन्त्री धवल शम्मशेर राणाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुममा धाप मारेका छन् ।
स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने अवस्था आएपछि सहकार्यका लागि आग्रह गर्न ओली राणालाई भेट्न गएका थिए ।
भेटमा राणाको यस्तो जवाफ पाएपछि ओली फुरुङ्ग भएर फर्किएको स्रोतको दाबी छ । राणाले ओलीलाई भेटेपछि सञ्चारकर्मीसँग प्रतिकृया दिँदै भने- ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएपछि विभिन्न प्रमुख प्रतिपक्षी दल एमालेले अन्य पार्टीसँग तालमेलका लागि ढोका खुला राख्दै भेटघाटलाई तीब्रता दिएको छ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १२:००



















