YouTube Link

गठबन्धन नटुट्ने भएपछि ओली राप्रपाको शरणमा

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा दलहरुको सकृयता ह्वात्तै बढ्यो

Facebook Link

 

काठमाडौं: सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनसम्म मिलेर जाने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तालमेलका लागि राप्रपाको शरण पुगेको छ ।

 

अहिले पनि पहिलो शक्तिको रुपमा रहेको एमालेले गठबन्धनले असर पार्ने अवस्था देखेपछि यस्तो निर्णयमा पुगेको हो ।

 

हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवल शम्मशेर राणालाई भेटेका छन् ।

 

नेपालगञ्जको स्नेहा होटलमा हिजो राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।

 

उनीहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा कुरा भएको स्रोतको दाबी छ ।

 

यसरी हेर्दा एमालेलाई पनि निर्वाचनमा आफू पछि परिएला भनेर आशंका पैदा भएको सहजै अनुमान लगाउन सकिन्छ ।

 

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन अयोगले त्यसको तयारी अन्तिम रुपमा लैजाँदै गर्दा राजनीतिक दलहरुले पनि आफ्नो दलको चुनावी सकृयता ह्वात्तै बढाएका छन् ।

 

विशेष गरी सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले चुनावी सकृयतालाई ह्वात्तै बढाएका हुन  ।

 

अहिले गाउँस्तरमा दिनदिनै राजनीतिक चहलपहल भईरहेको छ । सत्तागठबन्धनमा रहेका दलहरुले तालमेल गर्ने भएपछि  प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक्लै स्थानीय निर्वाचनमा भाग लिने गरी चुनावी अभियान गरिरहेको छ ।

 

उसले अहिले कर्णली केन्द्रित अभियान शुरु गरेको त्यसकै लागि पार्टी अध्यक्ष केपी शर्मा ओली अभियान नै चलाएर कर्णाली पुगेका छन् । उनले पार्टीमा प्रवेश गराउँदै सत्तारुढ दललाई तर्साउदैछन् ।

 

उनको कार्यक्रम हेर्दा देशैभर एमालेबाहेक अरु दल नै छैन कि जस्तो भान पार्नेगरी कार्यक्रम गरिरहेका छन् भने प्रचारप्रसार पनि सोही अनुसारको गर्न लगाईरहेका छन् ।

 

यता सत्तारुढ दल भने अहिलेसम्म भागबण्डा मिलाउने मेसोमा लागिरहेका छन् । स्थानीय तहसम्मै गठबन्धन गरेर अगाडी बढ्ने निर्णय हिजोको गठबन्धनको बैठकले निर्णय गरेको छ ।

 

तर मोडालिटी अहिलेसम्म तयार भईसकेको छैन  । मोडालिटी तयार भएपछि मात्र त्यसअनुसार गठबन्धनमा भाग लिने दलहरुले स्थानीय तहको सिट बाँडफाँड हुने अवस्था छ  ।

 

तथापी गठबन्धनका दलहरुले पनि आफ्नो चुनावी सकृयता गाउँ तहसम्मै अभियानकै रुपमा चलाई रहेका छन् ।

 

मुख्यगरी महानगर पालिकामा सबै दलहरुको आँखा परिरहेका छ । र, सोही अनुसारको उम्मेदवारलाई प्रचारप्रसारमा ल्याउने काम पनि भईरहेको छ । उम्मेदवार हुन चाहने दलका नेताहरुले पनि आ-आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...