फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज
वि.सं.२०७८ चैत १८ शुक्रवार ०९:३६
4.4K
shares
काठमाडौं: कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज हुँदैछ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानीयय समय अनुसार ४ बजेपछि हुनेछ ।
विश्वकपका लागि २९ राष्ट्र छनोट भईसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।
फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्नेछ ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
विश्वकपमा छनोट भएका राष्ट्र :
कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन, पोर्चुगल, मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका, क्रोएसिया, सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया, क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना ।
वि.सं.२०७८ चैत १८ शुक्रवार ०९:३६



















