स्थानीय तह निर्वाचनमा तालमेल गर्ने बारे कांग्रेसले आज निर्णय गर्दै
वि.सं.२०७८ चैत १३ आइतवार १४:२०
2.2K
shares
काठमाडौँ: आगामी वैशाख ३० गते देशैभर एकै साथ स्थानीय तहको निर्वाचन हुँदैछ ।
स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुले तालमेलका लागि प्रयास जारी राखिराखेका छन् ।
यसै मेसोमा सत्तारुढ दल नेपाली कांग्रेसले पनि अन्य दलहरुसँग तालमेल गर्ने विषयमा आज ठोस निर्णय लिदैछ ।
शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कमिटी बैठकमा आज भने गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसका अधिकांश नेताहरु गठबन्धन आवश्यक रहेको बताइरहेका छन् भने केही नेताहरु गठबन्धन बिना नै स्थानीय तह निर्वाचनमा जानु पर्नेमा दृढ देखिन्छन् ।
संस्थापन पक्षका प्रायः नेताहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर केन्द्रीय गठबन्धनलाई अझ मजबुद बनाउने पक्षमा छन् ।
संस्थापनइत्तर पक्षका नेताहरु गठबन्धनबिना नै स्थानीय तह निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन् ।
यस विषयमा ठोस निर्णय थाहा पाउनको लागि केही समय कुर्नुपर्ने भएको छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १४:२०




















